प्रभावकारी बन्दै टेलिमेडिसिन सेवा
प्युठान : ऐरावती गाउँपालिका–४ धुवाङ स्वास्थ्यचौकीमा टेलिमेडिसिन सेवा प्रभावकारी बनेको छ। सेवा गत कात्तिकको पहिलो हप्ता शुरु भएको हो।
यो साता स्वास्थ्य टेलिमेडिसिन स्वास्थ्य सेवा कार्यक्रममा २५ बिरामीले स्वास्थ्य सेवा लिएका छन्। ऐरावती गाउँपालिकाका विभिन्न वडा र छिमेकी जिल्ला अर्घाखाँचीका नागरिकलाई स्वास्थ्य सेवा दिइएको हो।
मानसिक रोगका २५ बिरामीलाई प्रत्यक्ष भिडियोमार्फत परामर्श दिनुका साथै रोगको पहिचान गरेर औषधि दिने गरिएको स्वास्थ्यचौकीका इन्चार्ज बालगोपाल श्रेष्ठले बताए। हाल माल्दिभ्सको मानसिक अस्पतालमा कार्यरत डा. कञ्चन दाहालले बिरामीको भिडियोमार्फत स्वास्थ्य सेवा प्रदान गरेकोे इन्चार्ज श्रेष्ठले बताए।
जिल्लाका सात स्वास्थ्य संस्थामा यो कार्यक्रम सञ्चालनमा छ । बरौला स्वास्थ्य संस्थाले हाल धुवाङबाट सञ्चालन गरेको स्वास्थ्य सेवा नियमित र प्रभावकारी बनेको श्रेष्ठले बताए। उनका अनुसार बिरामी पूर्णरूपमा निको भएको र यस्तो सेवा आफ्नै घरदैलोमा पाउँदा बिरामी पनि खुशी भएका छन्। विभिन्न समस्या भएका र आर्थिक अवस्था कमजोर भएका बिरामीलाई यो सेवाले समेटेको स्वास्थ्यचौकीका इन्चार्ज श्रेष्ठले बताए। यो सेवाले उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम हुँदै गएको उनको भनाइ छ।
प्रविधिको प्रयोगले विशेषज्ञ सेवा दूरदराजका बस्तीमा पुग्नुले प्रविधिको सही प्रयोग भएको आभास भएको इन्चार्ज श्रेष्ठले बताए। यही सातादेखि स्वास्थ्यचौकीमा आफ्नै पहलमा ल्याब सेवासमेत प्रदान गर्ने उनले बताए। एएसके फाउन्डेसनले नेपालका विभिन्न क्षेत्रमा यो सेवा सञ्चालन गरेको फाउन्डेससनका मेडिकल कोअर्डिनेटर डा. सरोज केसीले बताए।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने