चीनमा कोरोना संक्रमण : मृत्यु हुनेको संख्या एक हजार ४८३, जापानमा एकजनाको ज्यान गयो
चीनमा कोरोना (कोभिड–१९) भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ४८३ पुगेको छ।
चीनकाे स्वास्थ्य आयोगले शुक्रवार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार हुबेई प्रान्तमा बिहीवार ११६ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या एक हजार ४८३ पुगेको हो।
त्यहाँ चार हजार ८२३ जना नयाँ संक्रमित भेटिएका छन्। संक्रमण पुष्टि भएका करिब ५२ हजार मानिसले उपचार गराइरहेका छन्।
स्वास्थ्य अधिकारीहरूका अनुसार संक्रमितको संख्या ६५ हजार छ। यसमध्ये करिब १३ हजार उपचारपछि घर फर्किएका छन्। वुहान शहरबाट फैलिएको कोरोना भाइरस संक्रमण विश्वका विभिन्न देशमा फैलिएको छ।
यसैबीच कोरोना भाइरसको संक्रमणबाट जापानमा एक जनाको निधन भएको छ। कोरोनाबाट संक्रमित ८१ वर्षीय वृद्धाको निधन भएको जापानको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कोरोना संक्रमणबाट चीनमा अहिलेसम्म तीनजनाकाे ज्यान गएकाे छ। हङकङ, फिलिपिन्स र जापानमा १–१ जनाको मृत्यु भएको छ।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो