राष्ट्रिय दादुरा-रुवेला खोप अभियान सुरु
काठमाडौं: सरकारले पाँचौ राष्ट्रिय दादुरा रुवेला खोप अभियान शुरु गरेको छ । पहिलो चरणको अभियान काठमाडौंमा विशेष कार्यक्रम गरी आजैबाट शुरु भएको घोषणा गरिएको हो ।
पहिलो चरणमा फागुन महिना भर तीनवटा प्रदेश १, २ र ५ का ३५ जिल्लाका १८ लाख २४ हजार ४ सय ३३ जना बालबालिकालाई दादुरा रुवेला खोप दिइँदैछ ।
खोप अभियानको दोस्रो चरण भने आगामी चैत महिनामा शुरु हुनेछ । दोस्रो चरणमा बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका ४३ जिल्लाका ११ लाख ५७ हजार ७ सय ७१ जना बालबालिकालाई यो खोप दिइने तयारी रहेको खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिए ।
यसपटकको अभियानमा दादुरा रुबेला खोप ९ महिना देखि ५ बर्षसम्मका ३० लाख बालबालिकालाई दिने लक्ष्य सरकारले लिएको छ । बालबालिकालाई खोपसँगै पोलियो थोपा पनि खुवाइने छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित