स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा ज्ञवालीको पदवहाली
काठमाडौं : नेपाल स्वास्थ्य अनुसन्धान परिषदका कार्यकारी सदस्य सचिव डा प्रदीप ज्ञवालीले आज पदबहाली गरेका छन्। पदबहालीकै क्रममा सदस्य सचिव डा ज्ञवालीले अनुसन्धान परिषदका सदस्यका रुपमा यसअघि नै काम गरिसकेकाले आफना लागि यो नौलो ठाउँ नभएको जिकीर गरे ।
उनले परिषद स्वास्थ्य अनुसन्धानका लागि निकै महत्पूर्ण थलो भएकाले यसको संस्थागत विकासमा आफू लाग्ने बताए । उनले भने, ‘परिषद भनेको स्वास्थ्य क्षेत्रको प्रवत्ता नै हो । यहींबाट गरिएका अध्ययन अनुसन्धानका आधारमा स्वास्थ्यका नीति तथा कार्यक्रम बन्ने गर्छन । त्यसैले यसको महत्व नै बेग्लै छ ।’
डा ज्ञवालीले अहिले नै यो गर्ने भनेर वाचा दिने भन्दा पनि परिषदको विकास र सुधारका लागि ४ वर्षे गुरु योजना नै बनाएर अघि बढ्ने बताए । उनले आफनो नियुक्ति राजनैतिक भए पनि आफूले त्यो भन्दा माथि उठेर व्यावसायिक र संस्थागत रुपमा काम गर्ने प्रतिवद्धता पनि ब्यक्त गरे ।
परिषदका अध्यक्ष डा अन्जनी कुमार झा र उपाध्यक्ष डा भोजराज अधिकारीले डा ज्ञवालीलाई स्वागत गरेका थिए । परिषदमा एक वर्षदेखि सदस्य सचिवको पद रित्त थियो ।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने