हुम्लाका विद्यार्थीले निःशुल्क जँचाए दाँत
हुम्ला : जिल्ला सदरमुकाम सिमकोटमा रहेको कैलाश बोधी स्कूलका विद्यार्थीको निःशुल्क दन्त परीक्षण गरिएको छ। कोहलपुर डेन्टल अस्पतालले कैलाश बोधी स्कुलका विद्यार्थीको निःशुल्क दन्तपरीक्षण गरेको हाे।
करिब २०० विद्यार्थीकोदन्त परीक्षण गरेको कैलाश बोधी स्कूलका प्रिन्सिपल छवाङ लामाले बताए। चिकित्सकले विद्यार्थीको दाँत जाँच गर्नुका साथै आवश्यक परामर्शसमेत दिएको लामाले जानकारी दिए।
परीक्षणकाक्रममा अधिकांश विद्यार्थीमा पानीका कारणले दाँतमा असर पुगेको पाइएकाे शिविरमा खटिएका चिकित्सक गजेन्द्रविक्रम शाहले बताए। क्याल्सियमको कमीले विद्यार्थीको दाँत कालो देखिएको उनकाे भनाइ छ।
प्रतीकात्मक तस्विर
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै