उदयपुरमा आजदेखि बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप
उदयपुर : जिल्लामा जिल्लाको साढे ३३ हजार बालबालिकालाई दादुरा तथा रुबेला रोगविरुद्धको पहिलो चरणको खोप लगाइँदैछ।
पहिलो चरणको खोप अभियानअन्तर्गत बिहीवारदेखि फागुन ५ गतेसम्म कटारी नगरपालिका, उदयपुरगढी गाउँपालिका र ताप्ली गाउँपालिकाका खोप कार्यक्रम शुरु गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
पहिलो चरणको खोप कार्यक्रम सम्पन्न भएपछि फागनु १५ गतेदेखि २० गतेसम्म दोस्रो चरणको खोप कार्यक्रम सञ्चालन गर्ने स्वास्थ्य कार्यालय उदयपुरका खोप सुपरभाइजर चिरञ्जीवी निरौलाले बताए।
दोस्रो चरणमा त्रियुगा नगरपालिका, बेलका नगरपालिका, चौदण्डी नगरपालिका तथा रौतामाई र लिम्चुङबुङ गाउँपालिकामा खोप कार्यक्रम सञ्चालन गर्ने स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ।
कार्यक्रमका लागि जिल्लामा ४९० खोप केन्द्र, ५५१ स्वास्थ्यकर्मी र ९३७ स्वयंसेवक परिचालन गरिएको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ। प्रदेश १ का जिल्लामा सन् २०१९ मा ५३१ बालबालिकामा दादुरा तथा रुबेला रोग देखापरेको थियो। उदयपुरमा दुई बालबालिकामा मात्र यो रोग देखापरेको स्वास्थ्य कार्यालयका प्रमुख मोहनप्रसाद सुवेदीले जानकारी दिए।
प्रदेश १ का १४ जिल्लामध्ये उदयपुरमा दादुरा तथा रुबेलाको प्रभाव ज्यादै न्यून रहेको भए पनि सबै पाँच वर्षमुनिका सबै बालबालिकामा यो खोप प्रयोग गर्न लागिएको पनि स्वास्थ्य कार्यालय प्रमुख सुवेदीले बताए।
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित