कोरोना भाइरस प्रकोपलाई अति सावधानीपूर्वक लिनुपर्छ : डब्लूएचओ
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चीनमा देखिएको कोरोना भाइरस प्रकोपलाई अति सावधानीपूर्वक लिनुपर्ने बताएको छ।
जेनेभामा भएको एउटा सम्मेलनमा बोल्दै टेड्रोस एड्हानोम गेहब्रेयससले व्यक्ति वा देशैविरुद्ध यसबारे भ्रम फैलाउँदा त्यसले प्रकोप न्यूनीकरणका लागि गरिएका प्रयासमा असर पार्ने बताए।
‘यो प्रकोप अझै पनि जुनसुकै दिशामा जान सक्छ। संक्रमितको संख्याबारे बताउने देशहरूको सङ्ख्या पनि फेब्रुअरी ४ यता परिवर्तन भएको छैन’, उनले भने।
गत डिसेम्बरदेखि फैलिएको उक्त भाइरसलाई परास्त गर्न सयौँको संख्यामा जनस्वास्थ्य अधिकारी, सरुवा रोग नियन्त्रणका अधिकारी र वैज्ञानिकहरूले विश्वव्यापी योजनाबारे छलफल गरेका छन्।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो