कोरोना भाइरसले ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्ज्वलन
काठमाडौं : चीनको वुहान शहरमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सम्झनामा काठमाडौँमा दीप प्रज्ज्वलन गरिएको छ।
ट्रान्स हिमालय डेभलपमेन्ट सेन्टरले राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा बुधवार दीप प्रज्ज्वलन गरेका हुन्। कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल, नेपालका लागि चीनकी राजदूत होउ यान्छीलगायत सहभागी थिए।
मन्त्री अर्यालले नेपालको विपत्तिमा पटक–पटक सहयोग गर्दै आइरहेको चीनलाई परेको विपत्तिमा सक्दो सहयोग गर्न तयार रहेको बताइन्। राजदूत यान्छीले कोरोनाविरुद्धको अभियानमा नेपालले दर्शाएको सदासयताले चीनलाई थप ऊर्जा प्रदान गरेको प्रतिक्रिया दिइन्।
कार्यक्रममा कलाकार, साहित्यकारले कोरोनाविरुद्धको अभियानमा चीनलाई परेको विपत्तिमा ‘हामीसँगै छौँ’ भन्दै गीत, कविता प्रस्तुत गरे।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित