विद्यालयमै सेनिटरी प्याड पाउन थालेपछि छात्रा नियमित
तनहुँ : महिनावारीको समयमा छात्रालाई विद्यालय आउने वातावरण बनाउन म्याग्दे गाउँपालिकाले सामुदायिक विद्यालयलाई सेनेटरी प्याड उपलब्ध गराउन थालेको छ। महिनावारी हुँदा विद्यालयमा अनुपस्थित हुने क्रम बढेपछि गाउँपालिकाले १० विद्यालयमा प्याड उपलब्ध गराएको हो।
गाउँपालिकाभित्रका चार माध्यमिक र छ आधारभूत विद्यालयलाई पाँच हजार १७० थान प्याड वितरण गरिएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिइन्। छात्रालाई महिनावारीको समयमा कक्षा नियमित बनाउने उद्देश्यले सेनेटरी प्याड उपलब्ध गराइएको उनले बताइन्।
सम्बन्धित विद्यालयका शिक्षिकालाई नै प्याड व्यवस्थापनको जिम्मा दिइएको गाउँपालिकाले जनाएको छ। विद्यालयमा नै सेनेटरी प्याड उपलब्ध भएपछि छात्रालाई सहज भएको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित महेन्द्र माध्यमिक विद्यालयका शिक्षिका अमृता वाग्लेले जानकारी दिइन्।
उनका अनुसार विद्यालयमै प्याड पाउने भएपछि महिनावारीकोे समयमा विद्यालय नआउने छात्राको दरघटेको छ । ‘महिनावारी भएका वेला प्रायः किशोरी विद्यालय आउँदैनथे’, उनले भने, ‘विद्यालयमै प्याड उपलब्ध हुने भएपछि छात्रा नियमित आउन थालेका छन्।’
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित