कोरोना भाइरस नियन्त्रण गर्न चीनलाई ग्रुप ७७ ले सहयोग गर्ने
प्राणघातक संक्रमण कोरोना भाइरस नियन्त्रणका लागि चीनलाई ७७ देशहरूको समूह ग्रुप-७७ ले सहयोग गर्ने भएको छ।
संयुक्त राष्ट्रसंघका लागि गुएनाका राजदूत रुडल्फ माइकल तेन्पोले सोमबार ग्रुप-७७ का सदस्य राष्ट्रहरूले चीनलाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउने बताएका हुन्।
त्यसैगरी संयुक्त राष्ट्रसंघले पनि चीनलाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउने आवश्वासन दिएको छ। यसअघि संयुक्तराज्य अमेरिकाले पनि चीनलाई सहयोग उपलब्ध गराउने जनाएको थियो।
संयुक्त राष्ट्रसंघले चीनले हाल कोरोना भाइरसको संक्रमण रोक्नका लागि गरेका प्रयासको सराहना पनि गरेको छ। हालसम्म चीनले गरेका प्रयासको प्रशंसा गर्दै आगामी दिनमा गर्नुपर्ने कार्यका लागि आवश्यक सहयोग उपलब्ध गराउने उसले जनाएको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित