हेलिकोप्टरबाट सुत्केरीको उद्धार
हुम्ला : ताजाकोट गाउँपालिका–३ चौतारीबाँडा गाउँमा सुत्केरीलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ। साल अड्किएर निस्कन नसकेपछि वडा नं. ३ का ३९ वर्षीया रूपशीला दमाईलाई हेलिकोप्टरबाट उद्धार गरिएको हो।
नेपाली सेनाको हेलिकोप्टरमार्फत दमाईलाई प्रदेश अस्पताल सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले जानकारी दिइन्। सुत्केरी व्यथा लागेर साल अड्किएको जानकारी आएपछि उद्धार गरिएको उनको भनाइ छ।
केही दिन अगाडि मात्रै उत्तरी नाम्खा गाउँपालिका वडा लिमी गाउँका सुत्केरी व्यथा लागेकी ३५ वर्षीया याङजिन तामाङलाई पनिसेनाको हेलिकोप्टरबाट उद्धार गरिएको थियो। पछिल्लो समयमा कर्णालीका विकट हुम्ला जिल्लाबाट सुत्केरी हुन नसकेका महिलालाई हवाइ उद्धार गरिएको प्रजिअ भट्टराईको भनाइ छ।
रासस





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण