Health TV Online
Health TV Online
Health TV Online

‘क्वारेन्टाइन’ संक्रमितलाई राख्ने स्थल होइन, स‌ंक्रमण भएकालाई चीनले नै पठाउँदैन’

‘क्वारेन्टाइन’ संक्रमितलाई राख्ने स्थल होइन, स‌ंक्रमण भएकालाई चीनले नै पठाउँदैन’

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना प्रभावित क्षेत्र चीनको वुहानबाट ल्याइने विद्यार्थीहरूलाई राख्न ‘क्वारेन्टाइन’सहितको पूर्वतयारीको काम सकिएको बताएका छन्।

मंगलबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा मन्त्री ढकालले १९९ शय्यासहितको क्वारेन्टाइनको व्यवस्था गरेको जानकारी दिएका हुन्। ‘भक्तपुरको खरिपाटीमा चारवटा ब्लकमा १९९ बेड तयार गरिएको छ’, उनले भने, ‘महिलाका लागि मात्रै एउटा छुट्टै ब्लकमा २५ बेड तयार भएको छ।’

चीनबाट संक्रमितहरूलाई स्वदेश ल्याउन लागेको भ्रम स्थानीय बासिन्दामा रहको भन्दै उनले त्यो हटाउनुपर्ने बताए। ‘एकजनामा मात्रै पनि लक्षण देखिए चीनले नै पठाउँदैन’, उनले भने, ‘नेपाल ल्याएपछि १४ दिन नियमित परीक्षण गरिन्छ।’

क्वारेन्टाइनमा परीक्षणका क्रममा कुनै व्यक्तिमा संक्रमणको लक्षण देखिएमा तत्काल राख्नका लागि विभिन्न अस्पतालमा  ‘आइसोलेसन बेड’को व्यवस्था गरिएको जानकारी मन्त्री ढकालले दिए।

‘त्यसका लागि २४ घण्टा नै एम्बुलेन्स र आइसोलेसन बेड उपलब्ध रहनेछ’, उनले भने, ‘सबै अस्पतालका प्रतिनिधिलाई बोलाएर आइसोलेसनसहितको ठाउँ छुट्याउन र कसैमा आशंका देखिएमा अर्को अस्पताल रिफर नगरी त्यही राखेर उपचार गर्ने प्रबन्ध मिलाउन निर्देशन दिएका छौँ।’

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार