स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा.प्रदीप ज्ञवाली
काठमाडौं : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा.प्रदीप ज्ञवाली नियुक्त भएका छन्। सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई कार्यकारी अधिकारसहित सदस्यसचिव नियुक्त गरेको हो।
महाराजगञ्ज मेडिकल क्याम्पसका सहप्राध्यापक डा. ज्ञवाली यसअघि परिषदमा कार्यकारी सदस्य भइसकेका छन्। स्वास्थ्यमन्त्रीको प्रस्तावमा मन्त्रिपरिषद्ले परिषदकाे अध्यक्ष र सदस्यसचिव नियुक्ति गर्ने व्यवस्था छ। हाल प्रा.डा. अञ्जनीकुमार झा परिषद्का अध्यक्ष छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण