कोरोना भाइरस : ज्यान गुमाउनेको संख्या १००० नाघ्यो, एकैदिन ११३ जनाको मृत्यु
चीनमा फैलिएको कोरोना भाइरस संक्रमणको केन्द्र मानिएकाे हुबे प्रान्तमा सोमवार १०३ जनाको मृत्यु भएको छ। यहाँकाे स्वास्थ्य आयोगले सोमवार १०३ जनाको मृत्यु भएको जानकारी दिएको हाे।
एकैदिनमा मृत्यु हुने बिरामीको यो सर्वाधिक संख्या हो। आइतवार मृत्यु हुनेको संख्या ९७ थियो। यससँगै कोरोना भाइरसका कारण मृत्यु हुने मानिसको संख्या १,००० नाघेको छ।
चीनभरि भने कुल मृतकको संख्या १,०११ पुगेको आयोगले जनाएकाे छ। चीनबाहिर दुई जनाको मृत्यु भएको छ।
आयोगका अनुसार हुबेमा मात्र ३१,७२८ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएकाे छ। यहाँ सोमवारसम्म मृत्यु हुनेको कुल सङ्ख्या ९७४ पुगेको छ। बिरामीको मृत्युदर तीन प्रतिशत रहेको छ।
सोमवार एकैदिन एक सयभन्दा बढीकाे मृत्यु भए पनि नयाँ संक्रमणको संख्या अघिल्लो दिनको भन्दा २० प्रतिशतले घटेको छ।
संक्रमण राेकथाम र उपचारमा प्रभावकारी भूमिका नखेलेकाे भन्दै सरकारले केही वरिष्ठ अधिकारीहरूलाई कारबाही गरेको छ। चिनियाँ कम्युनिस्ट पार्टीबाट हुबे स्वास्थ्य आयोगका प्रमुख तथा त्यसमा खटाइएका पार्टी सचिव घटुवामा परेका छन्।
त्यसैगरी चन्दा हिनामिना गरेको आशंकामा स्थानीय रेडक्रसका सहायक निर्देशक पनि पदमुक्त गरिएका छन्।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो