कोरोना भाइरस संक्रमितका लागि १४७ शय्या तयारी अवस्थामा
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसबाट संक्रमितका लागि १४७ शय्या तयारी अवस्थामा रहेको जनाएको छ। मन्त्रालयले काठमाडौं उपत्यकामा रहेका ३६ वटा अस्पतालमा उपचार गरिने व्यवस्था गरिएको जानकारी दिएको हो।
सोमवार पत्रकारहरूसँग कुरा गर्दै मन्त्रालयको स्वास्थ्य आपतकालीन परिचालन केन्द्रका सहप्रवक्ता सागर दाहालले भाइरस संक्रमणको लक्षण फेला परे उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल र ललितपुरको पाटन अस्पताललाई तयारी अवस्थामा राखिएको बताए। उपत्यकामा रहेका ६ वटा ‘हब’ अस्पताल र ‘स्याटेलाइट’ अस्पतालमा उपचार व्यवस्था गरिने उनको भनाइ छ।
‘वीरेन्द्र सैनिक अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, सिभिल अस्पताल, पाटन अस्पताल र भक्तपुर अस्पताल हब अस्पताल हुन्’, उनले भने, ‘टेकुस्थित शुक्रराज ट्रपिकल एण्ड सरुवारोग अस्पताललाई स्याटेलाइट अस्पतालका रूपमा उपचार गर्ने व्यवस्था गरिएको छ।’
दाहालले चीनबाट आउने विद्यार्थीहरूलाई लागि विशेष ‘प्रोटोकल’ बनाएर सुरक्षित रूपमा राख्न लागेको समेत जानकारी दिए । त्यसका लागि सोमबार इपिडेमियोलोजी एण्ड डिजिज कन्ट्रोल डिभिजनले कर्मचारीहरूलाई विशेष तालिम दिएको पनि उनको दाबी छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित