Health TV Online
Health TV Online
Health TV Online

वुहानमा रहेका विद्यार्थीका अभिभावक भन्छन्, बाध्य भएर अरु देश गुहार्न नपरोस्

वुहानमा रहेका विद्यार्थीका अभिभावक भन्छन्, बाध्य भएर अरु देश गुहार्न नपरोस्

काठमाडौं : चीनको वुहान शहरमा रहेका नेपाली विद्यार्थीलाई चाँडो स्वदेश ल्याउना अभिभावकहरूले फेरि सरकारको ध्यानाकर्षण गरेका छन्।

सोमबार काठामाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा अभिभावकले आफ्ना छोराछोरी छिटो नेपाल ल्याइदिन माग गरेका हुन्। अभिभावक उमेशबहादुर सिंहले अहिलेसम्म सबैजना सकुशल रहेको र नेपाल ल्याउन ढिलो गरे संक्रमण देखिनसक्ने भन्दै छिटो गर्न आग्रह गरे। ‘चीनले आफ्ना नागरिक लैजानु भनिसकेको छ। केकाे ढिलाइ?’, उनले भने, ‘यस्तो समय नआओस्, बाध्य भएर अरु देश गुहार्नुपरोस्।’

अर्की अभिभावक गीता भट्टराईले आफूहरु मन्त्रालय धाउँदा धाउँदा थाकिसकेको बताइन्। उनले के कारणले ढिलो भएको बुझ्न नसकेको बताइन्। ‘छोराछोरी सम्झिँदा भक्कानो छुट्छ’, उनले भनिन्, न हामी यहाँ निदाउन सकेका छौँ। न उनीहरू।’ जनताका लागि काम गर्ने भन्नेहरूको व्यवहार देख्दा अचम्ममा परेको उनको भनाइ छ।

चीनको हुवेइ प्रान्तको वुहानबाट १८० जना नेपालीले स्वदेश फर्कनका लागि त्यहाँस्थित नेपाली दूतावासमा निवेदन दिइसकेका छन्। चीनको वुहानबाट सन २०१९ डिसेम्बरको अन्त्यतिर पहिलोपटक देखिएको कोरोना भाइरस अहिले चीन र विश्वका २३ मुलुकमा फैलिएको छ। अहिलेसम्म ४० हजारभन्दा बढीमा  कोरोना भाइरस संक्रमण देखा परेको छ भने ९०९ जनाको मृत्यु भइसकेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार