Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्यकर्मीको समायोजन तीन दिन भित्र सक्न मन्त्रीको निर्देशन

स्वास्थ्यकर्मीको समायोजन तीन दिन भित्र सक्न मन्त्रीको निर्देशन

काठमाडौं : स्वास्थ्यमन्त्री भानुभक्त ढकालले स्वास्थ्यकर्मीको समायोजन जसरी पनि माघ मसान्तसम्म समाधान गर्न सहसचिव महेन्द्र प्रसाद श्रेष्ठलाई निर्देशन दिएका छन्।

समायोजनका कारण अन्य काममा बाधा पुगेको भन्दै यसलाई छिटो समाधान गर्न मन्त्री ढकालले आफूलाई निर्देशन दिएको श्रेष्ठले जानकारी दिए ।

सोमबार स्वास्थ्य मन्त्रालयमा समायोजनकै काममा जुटिरहेका श्रेष्ठले माघ मसान्तसम्म सबै काम सकाउन सम्भव नभएको भन्दै एक सातामा भने जसरी पनि समाधान गर्ने बताए। उनले भने, ‘एक सातामा सबै काम सकिन्छ र हामी समायाेजनकाे गुनासो  सुन्ने समिति नै भंग भएको घोषणा गछौं ।’

उनले स्वास्थ्यमा अझै ३ हजार स्वास्थ्यकर्मीको समायोजन बाँकी रहेको पनि जानकारी दिए । त्यसमध्ये ५ सय जना स्वास्थ्यकर्मीको गुनासो सुनुवाई हुने र बाँकी २ हजार ५ सय जनाको सुनुवाई गर्न नसकिने पनि  जिकीर गरे ।

अन्य मन्त्रालयका कर्मचारी समायोजन भएर आ आपनो काममा गइसकेका बेला स्वास्थ्यको समायोजन भने अझै पनि मन्त्रालयको टाउको दुखाई बनिरहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार