जिल्ला स्वास्थ्य कार्यालयमा फिजियोथेरापी सेवा
दैलेख : जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा पहिलो पटक ‘फिजियोथेरापी’ सेवा शुरू भएको छ। सेवा शुरु भएसँगै बिरामीलाई सहज भएको छ।
विशेषगरी नसा च्यापिएका ढाड, कम्मर, हड्डीलगायत समस्या समाधानका लागि बिरामीहरुले फिजियोथेरापी रोज्ने गरेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निरञ्जन पन्तले बताए।
फिजियोथेरापी सेवा सञ्चालन गर्न ह्याण्डी क्याप इन्टरनेसनलले १० लाख रुपैयाँ बराबरको सामग्री उपलब्ध गराएको छ। कर्णाली प्रदेश सरकारको बजेटबाट फिजियोथेरापिस्ट राखिएको छ।
हड्डी खिइएको, नसा च्यापिएको, मांसपेशी दुख्ने, झमझमाउने, लुलो हुने, प्यारालाइसिस र हातखुट्टा नचल्ने जस्ता समस्याकाे उपचार हुने फिजियोथेरापिस्ट धना खड्काले बताइन्। जन्मजात असाधारण बालबालिकाकाे उपचार पनि गरिने उनकाे भनाइ छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित