दिल्लीको वायुस्तर ‘अत्यन्त कमजोर’
भारतको राजधानी नयाँ दिल्लीको वायुको स्तर ‘अत्यन्त कमजोर’ बन्दै गइरहेको वायु गुणस्तर र मौसम पूर्वानुमान तथा अनुसन्धान केन्द्रले बताएको छ। दिल्लीमा वायु गुणस्तर सूचकाङ्क उक्त क्षेत्रको औसत ३०१ अंकमा पुगेको देखिएको छ।
त्यस्तै दिल्लीसँगै जोडिएको उत्तर प्रदेशको नोएडाको आसपासमा वायु प्रदूषण दिल्लीको भन्दा अझ बढी रहेको केन्द्रले जनाएको छ। नोएडामा वायुको गुणस्तर सूचकांक ३१९ पुगेको जनाइएको छ।
केन्द्रका अनुसार वायुको गुणस्तर शून्यदेखि ५१ अंकसम्म भए राम्रो, ५१–१०० सम्म सन्तोषजनक, १०१–२०० सम्म मध्यम र २०१–३०० सम्मलाई कमजोर मानिन्छ। त्यस्तै ३०१–४०० सम्म अत्यन्त कमजोर ४०१–५०० अंकलाई चिन्ताजनक वा खतराजन्य मानिने केन्द्रले बताएको छ।
भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले हावाको गुणस्तर फेब्रुअरी १० मा यो वर्षको सबैभन्दा उच्च विन्दुमा पुग्ने र त्यसपछि क्रमशः यसमा सुधार आउने बताएको छ।
प्रदूषणको प्रमुख स्रोत, पीएम २.५ र पीएम १०, क्रमशः २०३ र २१४ पुगेको छ। यी दुवै विन्दु ‘कमजोर’ गुणस्तरलाई जनाउँछ। लोधी सडक खण्डमा वायुको गुणस्तर नयाँ दिल्ली क्षेत्रमा सबैभन्दा कमजोर अवस्थामा रहेको वायु प्रदूषण सूचकांक तथ्याङ्कले देखाएको छ ।
दिल्लीको प्रसिद्ध बजार क्षेत्र चाँदनी चोकमा ‘निकै कमजोर’ ३३६ अंकमा पुगेको छ भने मथुरा रोडमा ३१५ अंकमा पुगेको वायु गुणस्तर र मौसम पूर्वानुमान तथा अनुसन्धान केन्द्रले जनाएको छ।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै