धुलिखेल अस्पतालले पायो शवपरीक्षण अनुमति
काभ्रे : धुलिखेल सामुदायिक अस्पतालले शवपरीक्षण सेवा सञ्चालन गर्ने अुनमति पाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताललाई यही माघ १ गते अनुमति दिएको जनाइएको छ। काभ्रेमा शिर मेमोरियल अस्पतालले शवपरीक्षण सेवा प्रदान गर्दै आएको छ।
आइतबार अस्पतालले सेवा सञ्चालन गर्न आवश्यक तयारीमा जिल्लास्थित प्रशासन, प्रहरी र अदालतका प्रमुखहरुसँग परामर्श गर्यो। अस्पतालका डा. राजकुमार कार्कीका अनुसार अस्पतालले सो सेवा सञ्चालन गर्न २०७१ सालबाट छलफल चलाएको थियो।
यसका लागि आवश्यक संरचना निर्माण तथा जनशक्ति व्यवस्था भएपछि मन्त्रालयले अनुमति दिएको जनाइएको छ। ‘पछिल्लो चरणमा बनेको मेडिको लिगल सेवा सञ्चालन निर्देशिका २०७५ अनुसार सेवा सञ्चालन गर्न लागेको हौँ’, कार्कीले भने।
मेडिको लिगल सेवाले कसुरको अनुसन्धान, अभियोजन वा न्यायिक कारबाहीको सिलसिलामा कानुनी प्रयोजनका लागि गरिने चिकित्सकीय जाँच, परीक्षण वा सोसम्बन्धी कार्य जनाउने छ। साथै उमेर प्रमाणीकरण, कुटपिट, जबर्जस्ती करणी, मानसिक अवस्थाको परीक्षण, यातना, शवपरीक्षण मृत्युको कारण र अन्य कुनै घटनाको सम्बन्धमा प्रचलित कानुनबमोजिम गरिने चिकित्सकीय जाँचलगायत पर्दछ। सेवा प्रदान गर्न अस्पतालमा तीन विशेषज्ञ रहेको र चौबिसै घण्टा सेवा सञ्चालनमा रहने जनाइएको छ।
अस्पतालका प्रशासक प्रद्युम्न श्रेष्ठले अस्पतालले वागमती प्रदेशका साथमा प्रदेश१ को सोलुखुम्ब, खोटाङ र ओखलढुङ्गा सेवा क्षेत्रभित्र रहनेगरी मान्यता पाएको जानकारी दिए।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित