चीनबाट ल्याइने नेपाली राख्ने स्थान र सुरक्षाबारे छलफल हुँदै
काठमाडौं : कोरोना भाइरस संक्रमण नियन्त्रणका उपाय खोज्न र चीनबाट उद्धार गरी ल्याउने नेपाली राख्ने स्थान तथा सुरक्षाबारे छलफल गर्न सरकारका मुख्य सचिव, विभिन्न मन्त्रालयका सचिव तथा सुरक्षा अधिकारीहरूको बैठक बसेको छ।
वुहानमा रहेका १८० जनाले स्वदेश फर्किन इच्छा राख्दै बेइजिङस्थित नेपाली दूतावसमा आवेदन दिए पनि सक्रियता नदेखाएको भन्दै सरकारको आलोचना भइरहेको सन्दर्भमा याे बैठक बसेकाे हाे।
मुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार बिहान ११ बजे बैठक शुरु भएको हो। कार्यालयका अनुसार बैठकमा स्वस्थ्य मन्त्रालयका सचिव खगराज बराल, रक्षासचिव रेश्मिराज पाण्डे, गृहसचिव महेश्वर न्यौपाने,उपरथी प्रभुराम शर्मा लगायत उपस्थित रहेको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।
भाइरसका कारण ८१३ जनाको ज्यान गइसकेको छ। विश्वभर ३७ हजार ५०० भन्दा संक्रमित छन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम