Health TV Online
Health TV Online
Health TV Online

बेनी अस्पताललाई लायन्स क्लबले दियाे उपकरण

बेनी अस्पताललाई लायन्स क्लबले दियाे उपकरण

म्याग्दी : लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ बी १ नेपालले बेनी अस्पताललाई नवजात शिशुको उपचारमा प्रयोग हुने उपकरण सहयोग गरेको छ।

बेनीमा शनिबार सम्पन्न क्लबको बैठकमा अस्पताललाई नवजात शिशुको उपचारमा प्रयोग हुने फोटोथेरापी, बच्चालाई तातो बनाउन प्रयोग हुने सक्सन, हेन्स सेनिराइटर र प्रिपेसन सेट प्रदान गरिएको हाे।

लायन्सका गभर्नर इन्दु लम्सालका अनुसार यहाँ रहेका लायन्स क्लबहरूको पहलमा अस्पताललाई नवजात शिशुको उपचारमा प्रयोग हुने उपकरण सहयोग गरिएकाे हाे।

अस्पतालकी नर्सिङ अधिकृत खेमकुमारी पन्तले नवजात शिशुलाई जण्डिस, श्वासप्रश्वास तथा महिना नपुग्दै जन्मेको बच्चामा स्वास्थ्य समस्या देखिएमा ती उपकरणाले उपचार सहज हुने जानकारी दिइन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार