चीनमा रहेका छोराछोरी नेपाल फर्काउन मानव अधिकार आयोग गुहार्दै अभिभावक
काठमाडौं : कोरोनाभाइरस अति प्रभावित हुबे प्रान्तमा रहेका नेपालीका आफन्तहरूले आफना छोराछोरी नेपाल फर्काउन सहयोगको आग्रह गर्दै राष्ट्रिय मानव अधिकार आयोग गुहार्ने भएका छन्।
स्वास्थ्यराज्य मन्त्री र पर्यटनमन्त्रीबाट सहयोग पाइने आशा नभएको भन्दै उनीहरुले आयोगको सहयोग मागेका हुन्। उनीहरुले आजै १२ बजे राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय पुल्चोकमा जम्मा भइ ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।
एक अभिभावकले भने, ‘हाम्रा छोराछोरी कहिले ल्याउने ? सरकार किन गम्भीर बन्न नसकेको हो बुझ्न सकिएन । उता छोराछोरी आत्तिरहेका छन्। मनोवैज्ञानिक त्रास बढेको छ ।’ सरकार भने त्यहाँबाट नेपालीहरूको उद्धार गर्ने मनस्थितिमा नरहेको पनि उनले जिकीर गरे।
अभिभावकले यसअघि बिहीवार र शुक्रवार गरी स्वास्थ्य मन्त्रालय र पर्यटन मन्त्रालयमा ज्ञापनपत्र दिइसकेका छन्। तर चित्त बुझ्दो जवाफ नपाइएको उनीहरुको गुनासो छ ।
हुबे प्रान्तमा रहेका नेपालीहरुलाई चीन सरकारले क्वारेन्टाइन जस्तो गरी घरभित्रै राखिरहेको छ जसका कारण उनीहरु न त हिंडडुल गर्न नै पाएका छन नत बाहिर निस्कन नै । उनीहरुले नेपाल फर्किन निवेदन दिएकै दुई साता भन्दा बढी भइसकेको छ । तर सरकार भने तयारी नपुगेको भन्दै आलटाल गरिरहेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित