Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८११ पुग्यो

चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८११ पुग्यो

काठमाडौं : चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८ सय ११ पुगेको छ । शनिबार मात्रै ८९ जनाको मृत्यु भएपछि चीनमा मृत्यु हुनेको संख्या ८ सय ११ पुगेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।

शनिबार मात्रै चीनमा ८९ जनाको मृत्यु भएको छ भने २ हजार ६ सय ५६ नयाँ संक्रमित फेला परेको पनि आयोगले जनाएको छ । चीनको वुहानमा गत डिसेम्बरबाट शुरु भएको कोरोना भाइरसका कारण ३७ हजार १ सय ५८ जना संक्रमित भइसकेका छन्।

शनिबार मृत्यु हुने मध्ये ८१ जना हुबे प्रान्तका रहेका छन्।  चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस चीनको ३१ वटै प्रान्तमा फैलिएको छ भने विश्वलाई नै त्रसित बनाइरहेको छ । हालसम्म चीनबाहेक फिलिपिन्समा एक जना र हङकङमा एक जनाको मृत्यु भएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार