Health TV Online
Health TV Online
Health TV Online

प्रदेश १ मा ‘स्वास्थ्य जीवन प्रवर्धन’ अभियान शुरु

प्रदेश १ मा ‘स्वास्थ्य जीवन प्रवर्धन’ अभियान शुरु

झापा : प्रदेश १ काे सामाजिक विकास मन्त्रालयले स्वास्थ्य जीवन प्रवर्धन अभियान–२०७६ शुरु गरेको छ। मन्त्रालयको आयोजना तथा भद्रपुर नगरपालिकाको व्यवस्थापनमा शनिवार गरिएको कार्यक्रममा मन्त्री जीवन घिमिरेले अभियान उद्घाटन गरेका हुन्।

घिमिरेले स्वस्थकर खानपिन र निरन्तर शारीरिक व्यायाम गर्न सके स्वस्थ जीवन जिउन सकिने बताए। उनले घरको भान्सामा सुधार नआएसम्म स्वास्थ्यमा सुधार नआउने धारणा राखे। सर्वसाधारणमा यही चेतना दिन अभियान शुरु गरेको उनको भनाइ छ।

मन्त्रालयका स्वास्थ्य शाखाका कार्यक्रम संयोजक हरिकृष्ण भट्टराईले जीवनयापन स्वस्थकर हुन नसक्दा नसर्ने रोगको जाेखिममा रहनु परेको तर्क गरे।

कार्यक्रममा नगरप्रमुख जीवनकुमार श्रेष्ठ, प्रदेश सांसद ओमप्रकाश सरावगी, स्वास्थ्यकर्मी तथा योग प्रशिक्षकहरू सहभागी थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार