Health TV Online
Health TV Online
Health TV Online

भाइरल ज्वरोबाट गाउँ नै प्रभावित

भाइरल ज्वरोबाट गाउँ नै प्रभावित

नुवाकाेट : बेलकोटगढी नगरपालिका–११ को उपल्लो तिगाउँमा मौसमी भाइरलका कारण गाउँ नै प्रभावित भएको छ। तीन दिनदेखि देखिएको मौसमी भाइरलका कारण गाउँको प्रत्येक घरमा बिरामी देखिएको वडाध्यक्ष रामहरि पाण्डेले बताए।

गाउँका सबैजसाे बिरामी भएपछि बिहीबारदेखि बेलकोट स्वास्थ्यचौकीबाट गएको अनमी उषा सिंह र कमला पाण्डेसहितको टोलीले उपचार शुरु गरेको छ। अहिलेसम्म ५४ को उपचार गरिएको छ। करिब ५० घरधुरी रहेको गाउँका बासिन्दालाई उच्च ज्वरो, रुघाखोकी, रक्तचाप भएका बिरामी प्रत्येक घरमा पाइएको उपचारमा संलग्न अनमी पाण्डेले जानकारी दिइन्।

तामाङ समुदायको बाहुल्य रहेको गाउँमा बिरामी हुनेमा वृद्धवृद्धा र बालबालिका बढी छन् । उनीहरूलाई स्वास्थ्यकर्मीको निगरानीमा राखेर उपचार गरेको  अनमी पाण्डेले जानकारी दिइन्। गाउँका बासिन्दा बिरामी हुनुका कारण दूषित खानेपानी हुनसक्ने अनुमान गरिएको छ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार