Health TV Online
Health TV Online
Health TV Online

चिकित्सक संघ निर्वाचन : मतदान सम्पन्न भएको दुई दिनपछि बल्ल मतगणना

चिकित्सक संघ निर्वाचन : मतदान सम्पन्न भएको दुई दिनपछि बल्ल मतगणना

काठमाडौं : निर्धारित मितिभन्दा  दुईदिन ढिलाे गरी नेपाल चिकित्सक संघको मतगणना शुरू भएको छ। मंगलवार निर्वाचन सम्पन्न भएपछि बुधवार बिहानदेखि मतगणना हुने तय भएकाे थियाे।

‘मतगणना कसरी गर्ने’ लगायत विषयमा दुई पक्षबीच विवाद भएपछि बुधवार साँझ हुन लागेकाे मतगणना राेकिएकाे थियाे। बिहीवार बिहान उम्मेदवारहरूबीच सहमति भएपछि केहीबेरअघि मतगणना शुरु भएको हो।

काठमाडौं उपत्यकामा पाँच दिन चलेको मतदानमा तीन हजार ३०१ जनाले मतदान गरेका थिए भने उपत्यकाबाहिर दुई हजार ८५१ मत खसेको थियो।

संघको अध्यक्ष पदका लागि लोकतान्त्रिक समूहबाट डा. लोचन कार्की र पेशागत समावेशी समूहबाट डा. पुष्पमणी खराल प्रतिस्पर्धामा छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार