प्रसूति भवन निर्माण अलपत्र, सात वर्षमा १० प्रतिशत काम
जाजरकाेट : जिल्लाको जुनीचाँदे गाउँपालिका–१ मजकोटस्थित बडकुले स्वास्थ्य चौकीको प्रसूति भवन निर्माण सात वर्षदेखि अलपत्र छ। निर्माण कम्पनीले काम गर्न छाडेपछि भवन निर्माण अगाडि बढ्न नसकेको हो।
तत्कालीन शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतबाट आर्थिक वर्ष २०६९\७० मा ठेक्का भई भवन निर्माणको जिम्मा फ्राइण्डस कन्स्ट्रक्सन प्रालि काठमाडौंले पाएको थियो। एक करोड ५० लाख रूपैयाँमा भवन निर्माण सम्पन्न हुने सम्झाैता भएकाे थियो। २०६९ वैशाख ७ मा सम्झौता भई २०७० कात्तिक ६ गते डेढ वर्षमा काम सक्ने भनिएकोे थियो।
तर सम्झौता भएको सात वर्ष बितिसक्दा भवन निर्माण पूरा हुन सकेको छैन। भवनको १० प्रतिशत जति पनि काम नभएको स्थानीय स्थानीयवासी प्रकाश शाहीले जानकारी दिए।
समयमा भवन नबन्दा यहाँका महिला गाउँमै प्रसूति सेवा पाउनबाट वञ्चित भएका छन्। सरकारी उदासीनताका कारण काम अलपत्र परेको स्थानीयवासीको गुनासो छ। ‘न त काम अघि बढ्यो न निर्माण व्यवसायीलाई कारवाही नै भयो स्थानीय राजबहादुर शाहीले भने,‘एउटा व्यक्तिले काम नगर्दा सर्वसाधारणले दुःख पाइरहेका छन्। काम नगर्ने ठेकेदारलाई सरकारले कारवाही गर्न सक्दैन?’
भवन नहुँदा नियमित स्वास्थ्य सेवा प्रवाहमा समेत समस्या भएको छ। अहिले मजकोटवासीले ठेकेदारलाई कडा कारवाहीको माग गरेका छन्। व्यवसायीलाई पटक–पटक ताकेता गरिएको, पत्रपत्रिकामा सूचना जारी गरेर सम्पर्कमा आउन भनिए पनि अटेर गरेको भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतले जनाएको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित