नेपालमा कुष्ठरोगले अपांगता भएकाको संख्या ३० हजार
ललितपुर : नेपालमा कुष्ठरोगले अपांगता भएकाको संख्या करिब ३० हजार रहेको एक अध्ययनले देखाएको छ।
कुष्ठरोगमा लामो सयमदेखि काम गर्दै आएको आनन्दवन अस्पताल र दि लेप्रोसी मिसन नेपाल नामक गैरसरकारी संस्थाले सार्वजनिक गरेको अध्ययनले यस्तो देखाएको हो।
हरेक वर्ष तीन हजारभन्दा धेरै नयाँ बिरामी थपिने क्रम रहेको अध्ययनमा जनाइएको छ। कुष्ठरोगको औषधि सेवन गरी निको हुने बिरामीको संख्या एक लाख ९५ हजार रहेको बताइएको छ।
चिकित्सकका अनुसार यो रोग आँखाले देख्न नसकिने ‘माइक्रो ब्याक्टेरियम लेप्रे’ नामक सूक्ष्म कीटाणुबाट लाग्छ। कुष्ठरोगले खासगरी छाला र नशामा असर गर्ने गरेको विशेषज्ञ डा. महेश शाहले बताए।
‘याे रोगले छालामा असर गर्दा हातगोडाका औँला कमजोर हुने र खुम्चिँदै गएर अन्त्यमा अंगभंग हुन्छ’, उनले भने, ‘यस्तै आँखीभौँ झर्ने, हातखुट्टा लगातार झमझम गर्ने, छुँदा थाहा नहुने तर दाग देखिने, छाला बाक्लो हुने, गिर्खा देखा पर्नुका साथै नाशामा असर गर्दा हातगोडामा छुँदा थाहा नपाउने र विस्तारै मांसपेशी कमजोर हुने समस्या देखिन्छ।’
कुष्ठरोग निकै कम सरुवा रोग भए पनि रोग सरेको दुईदेखि पाँच वर्षभित्रमा लक्षण देखा पर्न थाल्छन्। कुष्ठरोगलाई चिह्न र लक्षणका आधारमा दुई भागमा बाँड्ने गरिन्छ। बढी कीटाणु भएको रोगलाई ‘एमबी’ र कम कीटाणु भएको रोगलाई ‘पीबी’ कुष्ठरोग भनिन्छ। यसको उपचार बहुऔषधि विधिबाट गरिन्छ। बढी कीटाणु भएका बिरामीले १२ महिना र कम कीटाणु भएका बिरामीले छ महिना नियमित औषधि सेवन गर्नुपर्छ। बहुऔषधिको एक मात्राले नै ९९ प्रतिशत किटाणु निष्क्रिय बनाइदिने चिकित्सक शाहले जानकारी दिए।
कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका अनुसार गत आव २०७५\७६ मा पत्ता लागेका नयाँ बिरामीको संख्या तीन हजार २८२ रहेको थियो। हालसम्म १७ जिल्लामा कुष्ठरोग निवारण हुन सकेको छैन।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित