Health TV Online
Health TV Online
Health TV Online

चीनमा काेराेना भाइरस : ६३६ जनाकाे मृत्यु, ३१ हजार संक्रमित

चीनमा काेराेना भाइरस : ६३६ जनाकाे मृत्यु, ३१ हजार संक्रमित

चीनमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या ६३६ पुगेको छ। स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार संक्रमणका कारण बिहीबारमात्रै ७३ जनाको मृत्यु भएको छ।

बिहीबार तीन हजार १४३ जनामा संक्रमण भेटिएको मन्त्रालयले जनाएको छ। अहिलेसम्म संक्रमितको संख्या ३१ हजार ११६ पुगेको छ। यीमध्ये ९६२ जना गम्भीर बिरामी छन्।

उपचारपछि एक हजार ५४० जना निको भएर अस्पतालबाट फर्किएको तथ्यांक सार्वजनिक गरिएको छ। बिहीबार मात्रै ३८७ जना घर फर्किएका छन्।

याे भाइरस संक्रमणका कारण चीनबाहिर दुई  जनाको मृत्यु भएको छ। कोरोना भाइरसबारे विश्व समुदायलाई पहिलाेपटक जानकारी दिने चिनियाँ चिकित्सकको कोरोना भाइरसकै कारण मृत्यु भएको छ।

एजेन्सीकाे सहयाेगमा

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार