Health TV Online
Health TV Online
Health TV Online

हेटौँडा अस्पतालमा ‘कोरोना’ उपचार कक्ष

हेटौँडा अस्पतालमा ‘कोरोना’ उपचार कक्ष

हेटौँडा : वागमती प्रदेश सरकार अन्तर्गतको हेटौँडा अस्पतालमा कोरोना भाइरस उपचार कक्ष तयार भएको छ।

कोरोना भाइरसको लक्षण देखिएका बिरामी आएमा छुट्टै कक्षमा राखी उपचार गर्ने व्यवस्था मिलाइएको अस्पतालका प्रमुख डा. प्रवीण श्रेष्ठले जानकारी दिए।

सामाजिक विकास मन्त्रालयको निर्देशनअनुसार अस्पतालले दुईवटा कोठा छुट्याएकोे छ। अस्पतालमा हाल दैनिक पाँचदेखि सात सयको हाराहारीमा बिरामी सेवा लिन आउने गरेका छन्।

सेवा लिन आउने बिरामीमा कोरोना भाइरसको लक्षण हालसम्म देखिएको छैन। भाइरसको लक्षण देखिए तत्काल रगतको नमुना संकलन गरी प्रयोगशालामा पठाइने व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ। अस्पतालले उपचारका लागि आउने बिरामीलाई भाइरससम्बन्धी सचेतना दिइरहेको छ।

यसैबीच प्रदेशको स्वास्थ्य निर्देशनालयले काेराेना भाइरस संक्रमण फैलिन नदिन अपनाउनुपर्ने सावधानी र भाइरस फैलिएमा नियन्त्रणका लागि अपनाउन सकिने उपायका बारेमा छलफल गरेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार