Health TV Online
Health TV Online
Health TV Online

चीनमा कोरोना भाइरस संक्रमण : ६४० भारतीय नागरिकको उद्धार

चीनमा कोरोना भाइरस संक्रमण : ६४० भारतीय नागरिकको उद्धार

कोरोना भाइरसबाट अति प्रभावित चीनको वुहानबाट भारतले ६४० आफ्ना नागरिकलाई उद्धार गरेको छ। यो क्रममा माल्दिभ्सका सात जनालाई पनि उद्धार गरेको अधिकारीहरूले  जानकारी दिएका छन्।

चीनसँगको सहकार्य र समन्वयमा उनीहरूलाई उच्च जोखिमका बीचमा उद्धार गरिएको विदेश मन्त्रालयले जनाएको छ। ‘हामीले ६४० भारतीय नागरिकलाई चीनबाट उद्धार गरेका छौँ’, मन्त्रालयका प्रवक्ता रवीश कुमारले भने, ‘उनीहरूसँगै माल्दिभ्सका सात जनालाई पनि उद्धार गरिएको छ।’

उनीहरूलाई दुई उडानमार्फत भारत ल्याइएको र उनीहरू अधिकांशलाई वुहान र नजिकैका क्षेत्रबाट उद्धार गरिएको पनि उनले जानकारी दिए। पत्रकार सम्मेलनमा उनले दिएको जानकारीअनुसार उद्धार गरिएकामध्ये कसैलाई पनि कुनै पनि प्रकारको संक्रमण देखिएको छैन।

भारत फर्किन खोजेका अरु १० जना भने स्वास्थ्य परिक्षणको प्रक्रिया पूरा नभएकाले फर्किन नपाएको प्रवक्ता कुमारले बताए।

थप समाचार