ज्येष्ठ नागरिक र सुत्केरीकाे घरमै स्वास्थ्य परीक्षण
बुटवल : बुटवल उपमहानगरपालिकाले ८० वर्षमाथिका ज्येष्ठ नागरिक र गर्भवती तथा सुत्केरीलाई घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने गरेको छ। आवश्यक औषधिनिःशुल्क उपलब्ध गराउँदै आएको छ।
‘नगरप्रमुख ज्येष्ठ नागरिक घरदैलो निःशुल्क स्वास्थ्य परीक्षण’ शीर्षकमा शुरु भएको सो कार्यक्रमअन्तर्गत हालसम्म एक हजार ३३२ ज्येष्ठ नागरिकले सेवा लिएकाे नगरपालिकाले जनाएकाे छ।
यस्तै पहिलो चरणमा सुत्केरीलाई घरमै पुगेर पोषण सामग्री र भत्ता प्रदान गरिएको छ। गर्भवतीलाई स्वास्थ्य संस्थामा आकर्षित गर्न क्याल्सियम चक्कीसहित पोषण सामग्री सहयोग गरिएको छ। सो कार्यक्रमअन्तर्गत आव २०७५\७६ मा ७२० लाभान्वित भएका छन् । आव २०७४\७५ मा ७७० ले मात्र गर्भजाँच सेवा लिएका थिए। आव २०७५\७६ मा एक हजार ३१३ ले सेवा लिएका छन्।
कार्यक्रमको प्रभावकारिता र सेवा प्राप्त गरेकाको अवस्था बुझ्न उपप्रमुख गुमादेवी आचार्य घरमै पुग्ने गरेकी छिन्। पोषण सामग्री वितरणले महिलाकाे स्वास्थ्यमा सुधार भएकाे पाएकाे आचार्यले बताइन्।
चारपटक गर्भजाँच गर्नेको सङ्ख्या पनि अघिल्लो वर्ष ३९५ रहेकोमा योवर्ष ३२ प्रतिशतले वृद्धि भई ५२३ पुगेको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित