थापाको अनशन सर्यो, फागुन ३ गतेदेखि बस्ने
काठमाडौं : आफूलाई शिक्षा तथा स्वास्थ्य अभियन्ता बताउने विजय थापाले राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीलाई उन्मुक्ति दिन खोजिएको भन्दै अनशन बस्ने चेतावनी दिएका छन्।
गिरीले बीएण्डसी हस्पिटलका सञ्चालक दुर्गा प्रसाईसँग २० करोड घुस मागेको विषयमा सरकारले छानबिन नगरेको भन्दै थापाले फागुन ३ गतेदेखि अनशन बस्ने बताएका हुन्। रिपोर्टर्स क्लबमा बुधवार कार्यक्रम गरी उनले गिरीविरुद्ध आवाज उठाएपछि आफूमाथि सुरक्षा खतरा बढेको दाबी गरे।
थापाले यसअघि रिपोर्टर्स क्लबमै पत्रकार सम्मेलन गरी माघ २२ देखि अनशन शुरु गर्ने बताएका थिए।
थापाले आफ्नो अभियानमा व्यापक जनसमर्थन जुटाउने उद्देश्यले अनशनको कार्यक्रम सारेको दाबी गरे। छिट्टै संघर्षका कार्यक्रम पनि तय गर्नुपर्ने भएका कारण अनशन सारेको उनको भनाइ छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित