Health TV Online
Health TV Online
Health TV Online

आयुर्वेद स्वास्थ्य शिविरमा लिए ४०० जनाले सेवा

आयुर्वेद स्वास्थ्य शिविरमा लिए ४०० जनाले सेवा

झापा :  भद्रपुर- ६ मा आयोजित दुईदिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा ४०० जनाले सेवा लिएका छन्।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको प्राविधिक सहयोग तथा भद्रपुर नगरपालिकाको आयोजनामा श्रीकृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रममामंगलवार र बुधवार निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।

शिविरमा स्वास्थ्य जाँच तथा निःशुल्क औषधि वितरण, फिजियोथेरापी सेवा, पञ्चकर्म र पूर्वकर्म अन्तर्गतका स्नेहन–स्वेदन सेवा प्रदान गरिएको थियो।

जिल्ला आयुर्वेद सेवा केन्द्रका भद्रपुरका प्रमुख डा. अनिल यादव, जिल्ला आयुर्वेद सेवा केन्द्र पाँचथरका प्रमुख डा‍. मुरलीप्रसाद शाह, कविराज आम सुशील यादव, अनिल ठाकुर, जिल्ला आयुर्वेद सेवा केन्द्रका कविराज निरीक्षक हरेन्द्र शाह, वैद्य निरीक्षक मनोजकुमार पण्डित र फिजियोथेरापिस्ट डा‍. शिवेन्द्र मरिक यादवले बिरामी जाँच गरेका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार