सञ्चारकर्मी शर्माकाे उपचारका क्रममा निधन
काठमाडाैं : वरिष्ठ सञ्चारकर्मी दुर्गानाथ शर्माको निधन भएको छ। मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा उपचारका क्रममा बुधबार बिहान शर्माको निधन भएको हो।
७२ वर्षीय उनी मधुमेह र उच्च रक्तचापका बिरामी थिए। २४ वर्षअगाडि उनकाे ओपन हार्ट सर्जरी गरिएको थियाे।
पछिल्लोपटक सुगर इन्फेक्सन भएपछि उनलाई ६ दिन शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचार गरी मंगलबार अस्पताल भर्ना गरिएको पारिवारिक स्राेतले जनाएकाे छ।
गोरखापत्रबाट पत्रकारिता शुरु गरेका शर्मा रेडियो नेपालमा समाचारवाचक थिए। उनी नेपाल टेलिभिजनको स्थापनाकालदेखि नै समाचारवाचक र कार्यक्रम सञ्चालक रहेका थिए।शर्मा चर्चित कार्यक्रम ‘विश्व घटना’ का प्रस्तोता थिए। उनी नेपाल टेलिभिजनकाे महाप्रबन्धककाे कार्यभार समेत सम्हालेका थिए।
पशुपति आर्यघाटमा बुधवार नै उनकाे अन्त्येष्टि गरिने जनाइएकाे छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण