चिनियाँ राजदूत भन्छिन्, आफ्ना नागरिक ल्याउनुअघि नेपालले तयारी पूरा गराेस्
काठमाडाैं : नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनमा रहेका नेपालीहरू सुरक्षित रहेको बताएकी छिन्।
सञ्चार माध्यमहरूका लागि अन्तर्वाताका रूपमा दूतावासबाट मंगलवार उपलब्ध सामग्रीमा राजदूत होउले कोरोना भाइरसबाट कोही पनि नेपाली संक्रमित नभएको बताएका हुन्।
चीनमा रहेका नेपालीहरूलाई उद्धार गर्ने विषयको केही सूचना आफूले पनि पाएको भन्दै राजदूत होउले चिनियाँ पक्षले आवश्यक अनुरोधलाई प्राथमिकता दिइरहेको बताइन्।
‘यदि नेपालले चीनबाट आफ्ना नागरिकको उद्धार गर्न चाहन्छ भने विमानस्थलमा गरिने जाँच तथा प्रकोपको रोगथाम र नियन्त्रणमा सम्बन्धित निकाय पूर्ण रूपमा तयारा हुनु पर्छ’, उनले भनिन्। प्रकोप रोकथामका लागि विश्व स्वास्थ्य संगठनका प्रतिनिधिको समेत सल्लाह लिन उनले आग्रह गरिन्।
राजदूत होउले हुबे प्रान्तका अधिकारीहरूले त्यहाँ रहेका नेपालीहरूका लागि आधारभूत वस्तुहरू उपलब्ध गराइ रहेको भन्दै प्रकोप नियन्त्रणका क्रममा कसैले दैनिक जीवनमा केही बन्देज लगाइनु स्वभाविक र समान्य भएको बताइन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण