काेराेना संक्रमणकाे त्रास : चीनले बन्द गर्याे नेपालतर्फका अधिकांश सीमा नाका
काठमाडाैं : कोरोना भाइरस संक्रमण फैलिएपछि चीनले नेपालतर्फका अधिकांश सीमा नाका बन्द गरेको छ। नाका बन्द भएपछि उत्तरी क्षेत्रका सर्वसाधारणको जनजीवन प्रभावित भएको छ।
रोजगारी र बजारका लागि चीनको स्वशासित क्षेत्र तिब्बतका सीमावर्ती बजारमै निर्भर नेपाली बस्तीमा खाद्यन्न तथा अन्य उपभाेग्य वस्तु अभावको समस्या देखिएको छ। सीमा बन्द हुनुअघि चीन पुगेका नेपालीहरू उतै थुनिएका छन्।
सिन्धुपाल्चोकको कोदारी–तातोपानी नाकाबाट माघको पहिलो सातादेखि नै आयात–निर्यात बन्द छ। चिनियाँ स्वास्थ्यकर्मीहरूले ‘हेल्थ डेस्क’ राखेर सामान्य ज्वरो आएका मानिसहरूलाईसमेत उतै रोकेका छन्। रसुवाको रसुवागढी नाका पनि ठप्प छ। ताप्लेजुङको ओलाङ्चुङ्गोला नाका पनि माघ १६ गतेदेखि बन्द छ।
तिब्बतस्थित रिउ प्रशासनबाट केही अवधिसम्मका लागि आवतजावत नगर्न नगराउन जानकारी भएको ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन शेर्पाले बताए। सडक निर्माणका लागि नेपालतर्फ आएका आफ्ना नागरिकलाई फिर्ता बोलाएर चीनले नाका बन्द गरिदिएको हो।
संखुवासभास्थित किमाथांका नाका पनि १७ दिनदेखि बन्द छ। रोजगारीका लागि चाँगा पुगेका १४ मजदुर नाका बन्द भएपछि उतै रोकिएको बताइएकाे छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण