कोरोना भाइरसविरुद्ध चीनले चालेका कदम सराहनीय : डब्लूएचओ
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसविरुद्ध चीनले चालेका कदमले संक्रमणलाई विश्वव्यापी संकट बन्न नदिन बाँकी विश्वलाई अवसर दिएको टिप्पणी गरेको छ।
डब्ल्यूएचओका महानिर्देशकले चीनको कदम उपयुक्त भएको टिप्पणी गरेका। प्रकोपलाई शुरुकै अवस्थामा रोक्न नसकेको भन्दै चिनियाँ अधिकारीहरूको आलोचना भइरहँदा डब्लूएचओको त्यस्तो प्रशंसा आएको हो।
जेनेभामा बोल्दै डब्लूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले चीनले प्रकोप शुरु भएको ठाउँमा गरिरहेको कामलाई त्यसलाई थप फैलिन नदिने र नियन्त्रण गर्ने अवसरका रूपमा हेर्नुपर्ने बताए।
चीनको शीर्षस्थ नेतृत्वले घातक कोरोनाभाइरसको प्रकोपसँग जुझ्ने क्रममा ‘सरकारी कमजोरी र अपूर्णता’ पाइएको स्वीकारेको एक दिनपछि राष्ट्रसंघीय स्वास्थ्य निकायको यस्तो भनाइ आएको हो।
डब्लूएचओले यस प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल भने पनि त्यो उसकै शब्दमा महामारीको अवस्थामा नपुगेको जनाएको छ
चीन सरकारले शुरुमा यस भाइरसको संवेदनशीलतालाई कम आँकलन गरेको र त्यसकै कारण यसको समाचार लुकाउन खोजेको आरोप समेत झेलेको थियो।
जेनेभास्थित राष्ट्रसङ्घका लागि चिनियाँ राजदूत चेन छुले भने कतिपय प्रतिबन्धहरू डब्लूएचओको सुझावविपरीत रहेको भन्दै यस प्रकोपबारे देशहरूले उग्र प्रतिक्रिया जनाउन आवश्यक नरहेको बताएका छन्।
प्रतिबन्धको समीक्षा आवश्यक
महानिर्देशक टेड्रोसले चीनमा यात्रा र व्यापार प्रतिबन्ध नलगाउन विभिन्न देशहरूलाई आग्रह गरे। अहिलेसम्म २२ देशहरूले त्यस्तो निर्णय गरेकोमा टेड्रोसले ती ‘छोटो समयका लागि र निरन्तरको समीक्षाबीच आवश्यकताका आधारमा’ हुनुपर्ने बताए।
अहिलेसम्म यस भाइरसको संक्रमणबाट ४९२ जना मानिसहरूको मृत्यु भइसकेको छ भने विश्वभरि २४,००० भन्दा धेरै मानिसमा यसको सङ्क्रमण फेला परेको पुष्टि भएको छ।
कोरोना भाइरसको खोप बनाउन अहोरात्र काम
डब्लूएचओले यो प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल भने पनि त्यो ‘महामारीको अवस्थामा नपुगेको’ जनाएको छ। यो नयाँ भाइरसबारे जनवरी ३० तारिखमा विश्वव्यापी स्वास्थ्य संकटटकाल घोषणा गरिएको थियो।
पछिल्लो अवस्था
मुख्यभूमि चीनबाहिर अहिलेसम्म हङकङ र फिलिपिन्समा समेत एक\एक जनाले ज्यान गुमाएका छन्। अमेरिकाले आफ्ना अत्यावश्यक बाहेकका सबै नागरिक र उनीहरूका परिवारका सदस्यलाई सबैभन्दा पहिले भाइरस देखापरेको चीनको वुहान सहरबाट फर्किन निर्देशन दिएको छ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार मृत्यु हुनेमध्ये झन्डै ८० प्रतिशत ६० वर्ष भन्दा माथिका छन्। ७५ प्रतिशतमा पहिल्यै मुटुरोग र मधुमेहजस्ता समस्या थिए।
बीबीसी





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित