Health TV Online
Health TV Online
Health TV Online

क्यान्सरका कारण बर्सेनि २० हजार नेपालीले गुमाउँछन् ज्यान

क्यान्सरका कारण बर्सेनि २० हजार नेपालीले गुमाउँछन् ज्यान

काठमाडौं : नेपालमा प्रत्येक वर्ष २० हजारले क्यान्सर रोगका कारण जीवन गुमाइरहेको एक  तथ्या‌ंकले देखाएको छ।

विश्व क्यान्सर दिवसमा क्यान्सर काउन्सिल नेपालद्वारा आयोजित अन्तक्रियामा वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्रा. डा. विष्णुदत्त पौडेलले यो तथ्यांक प्रस्तुत गरेका हुन्। डा‍. पौडेलका अनुसार ३० देखि ५० प्रतिशत क्यान्सर खानपान र जीवनशैलीका कारणले लाग्छ। यसबाट जोगिन सक्रिय जीवन बिताउनुका साथै सुर्तीजन्य पदार्थबाट टाढा बस्नुपर्ने उनको भनाइ छ।

‘क्यान्सर लागेपछि बाँच्न सकिँदैन भन्ने भ्रम हटाउनुपर्ने आवश्यकता छ’, उनले भने, ‘शुरुआती अवस्थामै क्यान्सर रोग पहिचान र उपचार गर्न सके खर्च कम र प्रभावकारिता बढी हुन्छ।’  बिरामीलाई जतिसक्दो चाँडो अस्पताल जान प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ।

डा. पौडेलले ४० वर्ष नाघेका महिलाले नियमित पाठेघरको मुखको परीक्षण र ५० वर्ष नाघेका पुरुषले फोक्सो परीक्षण गराउनुपर्ने बताए।

क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडारियाले क्यान्सर, मुटु, दम र मधुमेह रोकथाम गर्न जनचेतना वृद्धि गर्नुपर्ने बताए।

रासस

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार