Health TV Online
Health TV Online
Health TV Online

चिकित्सक संघको चुनाव सम्पन्न, ६१५२ मत खस्यो

चिकित्सक संघको चुनाव सम्पन्न, ६१५२ मत खस्यो

काठमाडौं:  नेपाल चिकित्सक संघको निर्वाचन आज सकिएको छ । चिकित्सकहरुको साझा संस्था नेपाल चिकित्सक संघको नयाँ कार्यसमितिका लागि शुक्रबारदेखि शुरु भएको मतदान आज ४ बजे सम्पन्न भएको हो।

मतदानका लागि संघको बागबजारस्थित केन्द्रीय कार्यालय भवनलाई केन्द्र तोकिएको थियो । उपत्यकामा ५ दिनसम्म चलेको मतदानमा जम्मा ३ हजार ३ सय १ जनाले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत डा बाबुराम मरासिनीले बताए ।  उनले मतगणना भने बुधबार बिहान ९ बजेदेखि हुने जानकारी दिए।

उपत्यकाबाहिरको हकमा यसअघि नै माघ ४ र ५ गते संघका १६ शाखामा मतदान भइसकेको छ । उपत्यकाबाहिर २ हजार ८ सय ५१ मत खसेको थियो । उपत्यका बाहिर र उपत्यकासहित जम्मा ६ हजार १ सय ५२ मत खसेको छ ।

संघको नयाँ कार्यसमितिका लागि दुई वटा प्यानल चुनावी मैदानमा छन्। लोकतान्त्रिक समूहको नेतृत्व डा लोचन कार्कीले गरेका छन भने पेशागत समावेशी समूहको नेतृत्व डा पुष्पमणी खरालले गरेका छन्। १३ सदस्यीय कार्यसमितिका लागि ३० जना चिकित्सक चुनावी प्रतिष्पर्धामा छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार