चीनमा रहेका नेपालीलाई ल्याएर कहाँ राख्ने भन्ने अझै टुंगो लागेन , मुख्य सचिवको अध्यक्षतामा छलफल हुँदै
काठमाडाैं: चीनमा रहेका नेपालीलाई ल्याएर कहाँ राख्ने भन्ने एकिन गर्न आजै मुख्य सचिवको अध्यक्षतामा बैठक बस्ने भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले चीनबाट नेपालीलाई ल्याएर कहाँ राख्ने भन्ने विषयमा टुंगो लागि नसकेको तर संभवत आजै टुंगो लाग्नसक्ने संकेत गरे । चीनबाट ल्याएर उनीहरूलाइ १४ दिनसम्म छुट्टै क्यारेन्टाइनमा राख्नुपर्ने हुन्छ ।
स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन्। हिजो गरेको पत्रकार सम्मेलनमा मंगलबार स्थान टुंगो लाग्ने र बुधबार सम्म चीनमा रहेको नेपालीलाई नेपाल ल्याउने तयारी भएको बताइएको थियो।
कोरोना भाइसरको त्रासका कारण चीनमा रहेका नेपालीले आफुहरुलाई छिट्टै उद्धार गर्न आग्रह गर्दै नेपाली दुतावासमा निवेदन दिएका थिए ।
त्यस लगत्तै उच्चस्तरीय निर्णय गर्दै उनीहरुलाई नेपाल ल्याउने निर्णय गरिएको थियो । तर निर्णय गरेकै ५ दिन बढी भइसक्दा पनि कहाँ राख्ने भन्ने स्थानको टुंगो लाग्न सकेको छैन्। नेपाल आउनका लागि १ सय ८० जनाले यसअघि नै फर्म भरिसकेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण