एचआईभी संक्रमित परिवारको स्वास्थ्य बिमा
चितवन : जिल्लाका स्थानीय तहहरूले एचआईभी संक्रमित परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्न थालेका छन्। यस क्रममा हालसम्म १२८ घरपरिवारको बिमा भइसकेको छ।
भरतपुर अस्पतालमा रहेको एन्टी रेक्ट्रो भाइरल थेरापी (एआरटी) सेन्टरका प्रमुख कृष्णहरि सापकोटाका अनुसार जिल्लामा रहेका सातवटै स्थानीय तहले संक्रमितहरूको स्वास्थ्य बिमा गरेका हुन्। स्वास्थ्य बिमा गर्नेमा भरतपुर महानगरपालिका र माडी नगरपालिकाका धेरै छन्।
चालू आर्थिक वर्षकोे जेठ मसान्तभित्र सबै संक्रमितको स्वास्थ्य बिमा गर्ने उद्देश्यका साथ सेन्टर लागेको सापकोटाले जानकारी दिए। गत आवबाट संक्रमित परिवारको बिमा गर्न थालिएको थियो।
एकै परिवारमा चारजनासम्म संक्रमित हुने गरेकाले संख्याअनुसार परिवारको संख्या कम रहेको छ। जिल्लाका सबै तहले स्वास्थ्य बिमा कार्यक्रम लागू गर्दा आफूलाई मात्रै नभएर परिवारलाई समेत फाइदा भएको एक संक्रमितले बताए।
अस्पतालमा रहेको सेन्टरबाट ९३८ जनाले एआरटी औषधि सेवन गर्दै आएका छन् ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण