Health TV Online
Health TV Online
Health TV Online

भेरी अस्पतालमा सिकलसेल एनिमिया बिरामीको चाप

भेरी अस्पतालमा सिकलसेल एनिमिया बिरामीको चाप

बाँके : नेपालगञ्जस्थित भेरी अस्पतालमा सिकलसेल एनिमिया बिरामीको चाप बढेको छ।  भेरी अस्पताल नेपालगञ्जका मेडिकल विभाग प्रमुख डा. राजन पाण्डेले केही समययता अस्पतालमा बिरामीको चाप बढेकाे जानकारी दिए।

पुस मसान्तसम्म ७६७ जनाले एक लाख बराबरको उपचार सेवा लिने गरी अस्पतालले सूचीकृत गरेको उनले जानकारी दिए। उपचारका लागि अस्पतालमा आउने बिरामीलाई रोगका बारेमा मनोसामाजिक परामर्श र अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी दिने गरिएको परामर्शदाता तथा स्टाफ नर्स आस्था केसीले जानकारी दिइन्।

बाँकेको भेरी अस्पतालको सामाजिक सेवा एकाइअन्तर्गत सञ्चालनमा रहेको विपन्न नागरिक स्वास्थ्य उपचार कोषबाट सिकलसेलका बिरामीले निःशुल्क उपचार पाउने एकाइ प्रमुख प्रेम सुवेदीले जानकारी दिए।

नेपालगञ्जस्थित भेरी अस्पतालमा मात्रै सिकलसेलको निःशुल्कजाँच गरिँदै आएको छ। सिकलसेल एनिमिया रोग थारु समुदायमा प्रमुख जनस्वास्थ्य समस्या हाे।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिकलसेल प्रमाणित भएका बिरामीलाई एक लाख रूपैयाँ बराबरको औषधि र जाँचसेवा प्रदान गर्दै  आएकाे छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार