चीनमा रहेका नेपालीलाई बुधवार स्वदेश ल्याइने
काठमाडौं : सरकारले चीनमा रहेका नेपालीहरूलाई स्वास्थ्य परीक्षणपछि मात्रै स्वदेश ल्याउने भएको छ। आइतबार बिहानसम्म फारम भरेका १८० जनालाई स्वास्थ्य परीक्षणपछि मात्र बुधवार स्वदेश ल्याउने सरकारले जनाएको हो।
नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले फाराम भरेका सबैको स्वास्थ्य परीक्षण हुने बताए। परीक्षणका क्रममा संक्रमण देखिएकाहरुलाई चीनमै राखेर उपचार गरिने उनले बताए। ‘सबैको स्वास्थ्य जाँच हुन्छ। यदि पोजेटिभ देखियो भने चीनले नै पठाउँदैन’, उनले भने, ‘त्यहीँ उपचार हुन्छ। अरुलाई नेपाल ल्याउनेछौँ।’
अहिलेसम्म सबै नेपाली सुरक्षित रहेको पनि उनले दाबी गरे। नेपाल फर्काएपछि उनीहरूलाई ‘क्वारेन्टाइन’मा राखिने जानकारी दिए। ‘क्वारेन्टाइन’मा स्वस्थ मान्छेलाई राखिने र आइसोलेसनमा संक्रमितलाई राखिने उनले बताए। ‘स्वदेश फर्काइएका नेपालीलाई दुई सातासम्म क्वारेन्टाइनमा राखिनेछ’, उनले भने।
मन्त्रालयले उनीहरूलाई राख्ने ठाउँको खोजी भइरहेको जनाएको छ। मंगलबर बेलुकीसम्म ठाउँ एकिन हुने बित्तिकै उनीहरुलाई ल्याइने प्रवक्ता श्रेष्ठले जानकारी दिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण