Health TV Online
Health TV Online
Health TV Online

सीमा क्षेत्रमा ‘कोरोना’ सहायता कक्ष

सीमा क्षेत्रमा ‘कोरोना’ सहायता कक्ष

भैरहवा : जिल्ला प्रशासन कार्यालय रूपन्देहीले कोरोना भाइरसको जोखिम मध्यनजर गर्दै नेपाल भारत सीमा क्षेत्रमा सतर्कता अपनाउन जनस्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ।

भारतसँगको खुला सीमा भएकाले भारतबाट आउने पर्यटकलाई नेपालका स्वास्थ्यकर्मीले निगरानी बढाउन निर्देशन दिएपछि सो क्षेत्रमा स्वास्थ्य जाँचमा कडाइ गरिएको हो।

स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकामा प्रशासनको निर्देशनपछि कोरोनाबारे जाँच तथा यसको सचेतना सहायता कक्ष स्थापना गरिएको रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी भरत शर्माले जानकारी दिए।

सहायता कक्षमा भारतबाट आउने पर्यटकलाई परामर्श दिने र शंका लागेमा नजिकको अस्पतालमा पठाउने गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ। सहायता कक्ष बिहान ७ देखि साँझ ८ बजेसम्म सञ्चालन भइरहेकाे छ।

थप समाचार