भरतपुर अस्पतालमा रुघाखोकी र ज्वरोका बिरामीलाई छुट्टै काउण्टर
चितवन : भरतपुर अस्पतालले बहिरंग सेवामा रुघाखोकी र ज्वरोका बिरामीलाई छुट्टै टिकट काट्ने र अलग्गै परीक्षण गर्ने व्यवस्था गरेको छ। अस्पतालले पाँचमध्ये एउटा काउण्टरमा त्यस्ता बिरामीको टिकट काट्ने र छुट्टै कक्षमा परीक्षण गराउने व्यवस्था मिलाएको हाे।
अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार सोमबारदेखि अस्पताल छिर्ने रुघाखोकी र ज्वरोका बिरामीलाई सबै परीक्षण अलग रूपमा गर्ने व्यवस्था मिलाइएको छ। कोरोना भाइरस संक्रमण हुनसक्ने भन्दै उच्च सतर्कता अपनाइएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए।
उपचारसँगै सचेतनामा पनि अस्पताल जुटेको छ। कोरोना भाइरस संक्रमण हुन नदिन सचेतना जगाउने उद्देश्यले आइतवार अस्पताल परिसरमा चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले मास्क लगाएर नमस्कार गर्दै सन्देश प्रवाह गरेका छन्।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट तिवारीले बिरामीको चाप हुने समयमा सबैलाई सचेतना जगाउने गरी भिडभाडमा मास्क लगाउन र हात नमिलाउन सन्देश प्रवाह गरेकाे जानकारी दिए।
अस्पतालमा पाँच शय्याको विशेष (आइसोलेसन) कक्ष स्थापना गरिएको छ। अस्पतालका दुई जना विशेषज्ञ फिजिसियनलाई सो कक्षको जिम्मेवारीसमेत दिइएको छ। अस्पतालले त्यहाँ कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीसँग कोरोना भाइरसका विषयमा विशेष अन्तरक्रिया गर्ने जनाएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण