चीनको हुनानमा बर्ड फ्लु
कोरोना भाइरस संक्रमण राेक्ने चुनाैती रहेकाे वेला चीनमा ‘बर्ड फ्लु’ संक्रमण देखिएको छ। हुनान प्रान्तमा बर्ड फ्लु प्रकोप देखिएको हो।
यो संक्रमण हुआनको शुआङकिङ जिल्लाको एक कुखुरा फार्ममा देखिएको हो। हालसम्म फार्मका १७ हजार ८२८ कुखुरा नष्ट पारिएको अधिकारीहरूले जनाएका छन्।
चीनको कृषि तथा ग्रामिण मामिला मन्त्रालयद्वारा आइतबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘शुआङकिङको शाओयाङ शहरको एक कुखुरा फार्ममा बर्ड फ्लु संक्रमण देखिएको छ। फार्ममा रहेका सात हजार ८५० चल्लाहरूसहित चार हजार ५०० कुखुराहरू मरेका छन् भने संक्रमणपछि १७ हजार ८२८ कुखुरा नष्ट गरिएको छ।’ मन्त्रालयले मानिसमा भने बर्ड फ्लुको संक्रमण अहिलेसम्म नदेखिएको बताइएको छ।
चीनले कोरोना भाइरसको संक्रमणका कारण ठूलो जनशक्ति लगाएर यसलाई नियन्त्रण गर्न लागिपरेको समयमा हुनानमा देखिएको बर्ड फ्लुले चीनलाई अर्काे चुनाैती थपिएकाे छ।
यो ठाउँ कोरोना भाइरसको संक्रमणको केन्द्र मानिने हुबेई प्रान्तको दक्षिणी सिमानामा पर्छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित