Health TV Online
Health TV Online
Health TV Online

गाउँमा स्वास्थ्य शिविर

गाउँमा स्वास्थ्य शिविर

सिरहा : धनगढीमाई नगरपालिका–११ मा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा १३५ ले स्वास्थ्य जाँच गराएका छन्। वडाकाे आयोजनामा आधारभूत विद्यालय नैनपुर बरगाछी चौतारामा शिविर सञ्चालन गरिएको हाे।

शिविरमा मधुमेह, रक्तचाप, थाइराइड, पिसाब तथा स्त्रीरोग सम्बन्धी बढी बिरामी पाइएको वडाध्यक्ष गंगाराम यादवले जानकारी दिए।

शिविरमा डा. सुभाष चौधरी, डा. लुस्युन यादव, अनमी पार्वती चौधरी र चन्दा चौधरीलगायतले सेवा दिएका थिए। वृद्धवृद्धा, दलित र विपन्न परिवारलाई गाउँ बस्तीमा स्वास्थ्यसेवा पुर्याउने उद्देश्यले शिविर सञ्चालन गरेकाे  यादवले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार