Health TV Online
Health TV Online
Health TV Online

चिकित्सक संघ निर्वाचन : दोस्रो दिन खस्यो ८३० मत

चिकित्सक संघ निर्वाचन : दोस्रो दिन खस्यो ८३० मत

काठमाडौं : नेपाल चिकित्सक संघको उपत्यका भित्रको निर्वाचनको दोस्रो दिन आज ८सय ३० मत खसेको छ । शुक्रबारदेखि शुरु भएको उपत्यकाको मतदानको पहिलो दिन हिजो भने जम्मा ३ सय २६ मत खसेको थियो।

संघको मतदानको दोस्रो दिन मतदान केन्द्रमा मतदाताहरुको निकै भिडभाड थियो । विहान ११ बजे देखि शुरु भएको आजको मतदान ४ बजेसम्म पनि नसकिने भएपछि निर्वाचन समितिले एक घण्टा समय थप गर्नुपरेको थियो । हिजोबाट शुरु भएको मतदान मंगलबार सम्म चल्नेछ । उपत्यका बाहिरको हकमा भने यसअघि नै मतदान भइसकेको छ ।

संंघको आगामाी कार्यसमितिका लागि लोकतान्त्रिक समूहबाट डा लोचन कार्की र पेशागत समावेशी समूहबाट डा पुष्पमणी खरालको टिम चुनावी मैदानमा छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार